झापा– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संयुक्त सरकारको प्रस्ताव गरेका छन् । बुधबार प्रदेशसभा भवनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाउन प्रस्ताव अघि सारेका हुन् ।
लडाई, झगडा र वादविवाद छाेडेर दसैँपछि संयुक्त सरकार बनाएर अघि बढ्नुपर्ने मुख्यमन्त्री आचार्यले बताए । उनले दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्न प्रतिपक्षी दललाई समेत अपिल गरेका छन् ।
मुख्यमन्त्री आचार्यले सरकारका तर्फबाट संविधानमा नमिचिने बताउँदै संवैधानिक व्यवस्थाअनुसार सरकारले विश्वासको मत लिने बताए ।