१९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026

कांग्रेस विराटनगर महानगरपालिकाको सभापतिमा चार जनाको दावेदारी




विराटनगर– नेपाली कांग्रेसको विराटनगर महानगरपालिकाको सभापतिमा चार जना युवा नेताले दावी गरेका छन्। कोइराला परिवारको प्रभाव क्षेत्र मानिने विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो।

नगर सभापतिमा कांग्रेसका युवा नेता दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्ण कार्की आकांक्षी देखिएका हुन्। उनीहरु सबै जना ४५ वर्षमुनिका छन्।

कांग्रेस विराटनगर महानगरको निर्वाचन शनिबार हुनेछ। निर्वाचनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । महानगरको सभापतिमा दावी प्रस्तुत गरेका चापागाईं र अरुण न्यौपाने विराटनगर–२ का, कार्की विराटनगर–३ र सन्तोष न्यौपाने विराटनगर–५ का बासिन्दा हुन्।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ००:००  ६ : २२ बजे