१ असार २०८२, आइतबार | Sun Jun 15 2025

कांग्रेस विराटनगर महानगरपालिकाको सभापतिमा चार जनाको दावेदारी




विराटनगर– नेपाली कांग्रेसको विराटनगर महानगरपालिकाको सभापतिमा चार जना युवा नेताले दावी गरेका छन्। कोइराला परिवारको प्रभाव क्षेत्र मानिने विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो।

नगर सभापतिमा कांग्रेसका युवा नेता दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्ण कार्की आकांक्षी देखिएका हुन्। उनीहरु सबै जना ४५ वर्षमुनिका छन्।

कांग्रेस विराटनगर महानगरको निर्वाचन शनिबार हुनेछ। निर्वाचनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । महानगरको सभापतिमा दावी प्रस्तुत गरेका चापागाईं र अरुण न्यौपाने विराटनगर–२ का, कार्की विराटनगर–३ र सन्तोष न्यौपाने विराटनगर–५ का बासिन्दा हुन्।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ००:००  ६ : २२ बजे