अर्जुनधारा– नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा सभापति पदका लागि अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
अन्य पदाधिकारी र सदस्यको छिनोफानो आन्तरिक सहमतिमा भए पनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए । अर्जुनधारा ९ का भिष्म मिश्र र अर्जुनधारा ५ का हेमराज खरेलको उम्मेद्वारी परेको थियो ।अर्जुनधारामा २४८ मतमध्ये २४० खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको छ ।
- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सह सचिवद्वयमा सञ्जीव पौडेल र निरज ढकाल निर्विरोध भइसकेका थिए । यसअघि भिष्म मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति थिए भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति तथा अर्जुनधारा नगरपालिकाका लागि पार्टी संयोजक हुन् ।
कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए ।