बिर्तामोड– नेकपा एमाले झापाले भदौ २७ गते बिर्तामोडमा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला सचिवालयको आज बसेको बैठकले कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।
जिल्लास्तरीय भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम छ । एमाले विभाजनपछि अध्यक्ष ओली पहिलोपटक गृह जिल्ला झापा आउन लागेका हुन् । पार्टीका वरिष्ठ नेता माधव नेपालले अर्कै पार्टी दर्ता गरेपछि एमालेमा नेता कार्यकर्ताको आउने जाने क्रम बढेको छ ।
पार्टीको आन्तरिक एकताका रुपमा सम्पन्न बैठकले २१ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको कार्यालय सचिव शिव ढुङ्गेलले बताए ।
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड


















