Speak Corner Speak Corner
  • LIVE UPDATE
फिचर

सवारी नियम नमान्दा ५३ हजार चालकले तिरे तीन करोड ६९ लाख

१० भाद्र २०७८, बिहीबार ०८:४२ 657 0 Comment
 सवारी नियम नमान्दा ५३ हजार चालकले तिरे तीन करोड ६९ लाख

झापा–सवारी नियम उलङ्घन गर्ने झापाका ५३ हजार एकसय चालक पछिल्लो एकवर्षभित्र ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । राजमार्गमा नियमित चेकजाँच गरेर ट्राफिक प्रहरीले उनीहरुमाथि कार्वाही गरेको हो । नियमविपरीत सवारी चलाएको पाइएपछि ती चालकमाथि कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्वाही भोग्नेमा अधिकांश मोटरसाइकल चालक छन् । २१ हजार १५७ जना मोटरसाइकल चालक कार्वाहीमा परेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । तीमध्ये युवा उमेरका मोटरसाइकल चालकले नियम पालनामा हदैसम्म लापरवाही गर्ने गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक याम खँड्काले बताए । ‘जरिवाना गर्दैमा नहुने रहेछ’, प्रसनि खँडकाले भने, ‘पटक–पटक कार्वाही गर्दा पनि उनीहरुले चेतिरहेका छैनन् ।’

हेल्मेट नलगाउने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, हुटमा यात्रु चढाउने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, रोक्ने, लाइसेन्स र व्लुवुक नबोक्ने, क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने चालक नियमितजसो कारवाहीमा पर्छन् । सामान्यतया ट्राफिक प्रहरीले उनीहरुलाई पाँचसयदेखि १५ सयसम्म जरिवाना गर्दै आएको छ ।

  • फेसबुक ‘ह्याक’ गर्ने भद्रपुरका तीन युवा पक्राउ
  • होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश
  • साताका लागि झापा खेलकुदमय
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार तीर्थराज खरेललाई पितृशोक

गत आर्थिक वर्षमा सवारी नियम नमान्ने झापाका चालकबाट ट्राफिक तीन करोड ६९ लाख रुपैयाँ जरिवाना उठाएको छ । मोटरसाइकल चालकले मात्रै एक करोड ५० लाख ६४ हजार तिरेका छन् । अघिल्लो वर्ष ५४ हजार आठसय ५० सवारी चालक कार्वाहीमा परेका थिए । ती चालकबाट प्रहरीले चार करोड पाँचलाख रुपैयाँ जरिवाना असुलेको थियो ।

ट्राफिक नियम पालना गर्न सवारी चालकले देखाएको कमजोर इच्छाशक्तिले झापाको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्ने देखिएको छ । पटक–पटक कार्वाहीमा पर्दा पनि उनीहरुको पेशागत आचरण सुध्रिन नसकेको हो । ‘जति कार्वाही गरे पनि सवारी चालक थेत्तरा बन्दै गए’, प्रसनि खँड्काले भने ।

ट्राफिक नियम पालना गर्न सवारी चालकले देखाएको कमजोर इच्छाशक्तिले झापाको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्ने देखिएको छ । पटक–पटक कार्वाहीमा पर्दा पनि उनीहरुको पेशागत आचरण सुध्रिन नसकेको हो ।

एकपटक सजाय पाएपछि सवारी चालकले आफ्नो बानी सुधार्ने ट्राफिक प्रहरीको आशा सधैँ निराशामा परिणत भइरहेको छ । बढ्दो सवारी नियम उलङ्घनले दुर्घटनाको जोखिम ह्वातै बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । कोरोना भाइरसको महामारीका बीच राजमार्गमा सवारी आवागमन अनियमित भए पनि झापामा तीन गुणाले सवारी दुर्घटना बढेको प्रसनि खँडकाले बताए ।

आर्थिक वर्ष २०७६÷७७ मा झापामा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७÷७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएका छन् । अघिल्लो आर्थिक वर्षमा ६२ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा ६ बालबालिकासहित ९३ जनाले ज्यान गुमाएका छन् । ३२४ जनाको अंगभंग भएको छ ।

सवारी नियम पालनामा झापाका चालकको उल्टो मतिले बर्सेनि दुर्घटनाको जोखिम बढाइरहेको छ । ‘उनीहरु न नियम मान्छन् नत कारवाही भोगेपछि चेत्छन्’, प्रसनि खँड्काले भने, ‘एउटै चालकलाई दशौँ पटक कार्वाही गर्नु हाम्रो बाध्यता हो ।’

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

फेसबुक ‘ह्याक’ गर्ने भद्रपुरका तीन युवा पक्राउ

होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश

साताका लागि झापा खेलकुदमय

करेन्ट लागेर महिलाको मृत्यु

पत्रकार तीर्थराज खरेललाई पितृशोक

साहित्य चौतारीको मासिक काव्यसभा राष्ट्रकवि घिमिरेमा समर्पित हुने

नारी फिटनेससँगै शनिश्चरे रोडमा हेल्दी मार्ट

एमालेका कारण प्रदेशको नाम राख्ने अवसर गुम्दै : मन्त्री राई

आठ वर्षपछि झापामा अनेमसंघको जिल्ला अधिवेशन

पाँच हजार नाघे कोरोनाका सक्रिय संक्रमित

तागत नभएकाहरु गठबन्धन गर्छन्, एमाले त्यसको पक्षमा छैन् : ओली

झापा–३ का जनता सूर्यमा भोट हाल्न आतुर : प्रसाई

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 
© Copyright 2022. All rights reserved.