झापा–नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको छ ।
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३२ साउनमा प्राप्त नयाँ मूल्यअनुसार केही ढिला गरी मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गरेको निगमको तर्क छ ।
मूल्य वृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड रुपैयाँ नोक्सान हुने प्रवक्ता उपाध्यायले दाबी गरे । निगमले यसअघि ३० असारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।


















