झापा–नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको छ ।
- कांग्रेसको १५ औं महाधिवेशन २०८३ भदौमा : महामन्त्री शर्मा
- वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्तिमा स्वास्थ्य शिविर
- बिर्तामोडमा असार १४ गते दोस्रो हेल्थ टुरिजम मार्ट
- झापा प्रहरीको सक्रियता : जेठमा ५१ जना फरार अपराधी पक्राउ
- इलाममा पिकअप दुर्घटना हुँदा व्यवसायीको मृत्यु
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३२ साउनमा प्राप्त नयाँ मूल्यअनुसार केही ढिला गरी मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गरेको निगमको तर्क छ ।
मूल्य वृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड रुपैयाँ नोक्सान हुने प्रवक्ता उपाध्यायले दाबी गरे । निगमले यसअघि ३० असारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।