२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

मीरा राईलाई सुरुङ्गामा सम्मान



सुरुङ्गा– कनकाईका त्रियाशील सामाजिक संघसंस्थाले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई आइतवार सम्मान गरेका छन् । कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा राईलाई सम्मान गरिएको हो ।

कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, कनकाई भ्याट्रन क्लव, मदन भण्डारी स्पोर्टस एकाडेमीले दोसल्ला ओढाएर उनलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

अल्ट्रा रनमा विश्वमा नेपालको शीर उच्च हुने गरी प्राप्त गरेको सफलता र खेलकुदप्रतिको योगदानको उच्च कदर गर्दै राईलाई सम्मान गरिएको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाले बताए ।

बुबा सुकबहादुर र आमा मम्फारानी राईकी छोरी भोजपुरको दुम्मा गाउँपालिका–५ मा जन्मिएकी हुन् । सानै उमेरदेखि खेलकुदका क्षेत्रमा रुचि राख्ने राईले अल्ट्रा दौड शुरु गरेको दुई वर्षमै सफलताको शिखर चुमेकी हुन् ।

राईलाई प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको प्रतिष्ठानका सचिव विनोद रानामगरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ००:००  ८ : ४८ बजे