२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

मोटरसाइकलमा आगो लाग्दा तीन जनाको मृत्यु



वीरगञ्ज– बारामा दुईवटा मोटरसाइकल ठोक्किर आगो लाग्दा दुवै मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बाराको जितपुरसीमारा उमहानगरपालिका १६ टाँगीयावस्तिस्थित पूर्वपश्चिम लोकमार्गको सडकमा शनिबार राति उक्त दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र बिपरित दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालक र सवार १ महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुर्घटनामा प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटसाइकलका चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र मोटरसाइकलको पछाडि सवार उनकी फूपू पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरीकी ३५ वर्षीय सुनैना देवी साह रहेकी छन् ।

यस्तै बा ६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङको पनि घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शनिबार राति साढे १० बजेतिर भएको दुर्घटनामा प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल जलेर पूर्णरुपमा ध्वस्त भएको मिश्रले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार ००:००  १ : १८ बजे