१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

‘सभापतिको दौड छोडेको छैन्’



बिर्तामोड– नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफू पार्टी सभापति पदको दौडमा रहेको बताउनु भएको छ । हतारमा घोषणा नगरेको र मौनता आफैँमा एउटा शक्ति भएको बताउँदै नेता सिटौलाले आफूलाई एउटा सशक्त दावेदारका रुपमा उभ्याउनु भएको हो ।

‘म अहिले पनि सभापतिको दौडमा छु, दौडिने तरिका आफ्नै हुन्छन्’, नेता सिटौलाले यो हो टेलिभिजनको सत्य सम्वादमा भन्नुभयो, ‘प्रदेश महाधिवेशनको परिणामले दिएको सन्देशका आधारमा अघि बढ्छु ।’ नेता सिटौलाले सभापतिको दौड छोडेको अर्थमा नबुझ्न नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

यसअघि १३ औँ महाधिवेशनमा पनि नेता सिटौला सभापतिमा उठ्नु भएको थियो । त्यतिबेला पूर्व तयारी नभएको र अपेक्षाकृत परिणाम नआएको उहाँले बताउँदै आउनु भएको छ । महाधिवेशनको यथार्थ प्रक्रिया प्रारम्भ भएपछि आफू जिल्ला सभापतिको भेला गर्ने पक्षमा रहेको नेता सिटौलाले बताउनु भयो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार ००:००  ६ : ०७ बजे