बिर्तामोड– सूर्योदय क्वीज सिजन ५ को उपाधि ‘सीता रमेश बहुमुखी क्याम्पस’ बुद्वशान्ति झापाले जितेको छ । शनिबार भएको ग्रान्ड फिनालेमा जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो, मोडल कलेज दमक तेश्रो र महेन्द्र मेमोरियल एकाडेमी दुहवी सुनसरी र पथरी बहुमुखी क्याम्पस मोरङ सान्त्वना भएका छन् ।
प्रतियोगिताको विजेताले क्रमश ५०, २५, १५ र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेतालाई मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेल र सूर्योदय टिभी एण्ड मिडिया प्रालिका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो ।
फागुन देखिशुरु भएको यस प्रतियोगितामा प्रदेश १ का एक सय कलेज सहभागी थिए । प्रतियोगिताको जुरी निर्णायकको रुपमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती, कार्यक्रम उत्पादन प्रमुख दीपेन भेटवाल र कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे रहनु भएको थियो ।
विद्यार्थीमा भएको बौद्धिक क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिनुभयो ।