१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेशसभाकाे अधिवेशन स्थगित



झापा– मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ ।

विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो । अविश्वास प्रस्ताव सामना गर्ने भने पनि अन्ततः मुख्यमन्त्री पोखरेल राजीनामा दिएका हुन् ।

बुधबार दिउँसो १ बजे शुरु भएको विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए ।

सत्तारुढ नेकपा एमालेले बहिस्कार गरेको प्रदेशसभामा मुख्यमन्त्री पनि अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ००:००  ९ : ५१ बजे