बिर्तामोड-बोनम्यारो तथा ब्लड क्यान्सरबाट पीडित समीक्षा शिवाको उपचारका लागि लायन्स क्लब अफ अनारमनीले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा क्लबका अध्यक्ष रितेन खरेलले उपचाररत शिवालाई २१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट मार्केटिङ चिफ शैलेन्द्र कुरुबाङलगायतको उपस्थिति थियो ।
गम्भीर रोगको उपचारमा आर्थिक समस्या भोगिरहेकी शिवालाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ । सामाजिक सेवामा सक्रिय क्लबले मानवीय सेवाअन्तर्गत सहयोग गरेको हो ।
क्लबका सचिव सृजन अधिकारीले उपचारमा सहयोग पुर्याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए । उनका अनुसार उपचार खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थामा गरिएको सहयोगले शिवाको उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।



















