बिर्तामोड-नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले बाढी प्रभावित नागरिकको सहयोगका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ ।
इक्यान झापाको सीएसआर समितिको पहलमा सदस्यहरूबाट संकलित रकम भोटेकोशी बाढी प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
संकलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिए ।


















