१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा



बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको मासिक नियमित बैठक बुधबार सम्पन्न भएको छ । जिल्ला प्रवक्ता सूर्यकुमार खतिवडाका अनुसार बैठकले जेठ १५ गते स्थापना दिवस सबै तहगत समितिमा झन्डोत्तोलन तथा शुभकामना आदानप्रदानसहित मनाउने निर्णय गरेको छ ।

साथै जेठ २२ गते पालिकास्तरमा मल–बिउ, सुकुम्बासी समस्या, महँगी लगायत जनजीविकाका विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ । बैठकले संगठन विस्तार, अधिवेशन तयारी तथा स्थानीय तह निर्वाचनको पूर्वतयारी अघि बढाउने निर्णय पनि गरेको छ ।

हालैको हावाहुरीबाट प्रभावित किसान तथा मजदुरलाई राहत र क्षतिपूर्तिको माग गर्ने तथा धार्मिक सहिष्णुताविरुद्ध अभिव्यक्ति दिनेमाथि कारबाहीको माग गरिएको प्रवक्ता खतिवडाले बताए ।

बैठकले कल्याण खड्कालाई जिल्ला कार्यसम्पादन समितिको सदस्य तथा देवराज परियार र उद्धव शिवाकोटीलाई जिल्ला कार्यसमितिको सदस्यको जिम्मेवारी दिएको जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार ००:००  १० : ५९ बजे