१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

झापामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत क्षेत्रीय अभिमुखीकरण



बिर्तामोड– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रविधिमैत्री बनाउँदै झापाका चार निर्वाचन क्षेत्रमा क्षेत्रस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

पार्टीले वैशाख १ गतेदेखि सुरु गरेको ‘जरा अभियान’ अन्तर्गत क्षेत्र नं. १, २, ३ र ४ मा कार्यक्रम सम्पन्न भएको हो भने क्षेत्र नं. ५ मा सोमबार अभिमुखीकरण हुने जनाएको छ।

अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूले क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गर्दै पार्टीको नीति, सिद्धान्त र संगठनलाई वडा तहसम्म सुदृढ बनाउने उद्देश्य रहेको बताएका छन्।

कार्यक्रममा जिल्ला सभापति देउकुमार थेवे सहित क्षेत्रीय नेतृत्वको सहभागिता रहेको थियो। कांग्रेसले आगामी १५ औँ महाधिवेशनको तयारीस्वरूप वैशाखभित्र वडा तहबाटै डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक सुरु गर्ने जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार ००:००  ९ : ५५ बजे