१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

गोली हानेर ब्राउनसुगर कारोवारी पक्राउ



नेपालगन्ज– बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-२२ शान्तिचोकबाट ४१५ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागूऔषधको ठूलो परिमाणमा कारोबार भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शनिबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार पक्राउ गरिसकेपछि एक जना भाग्न खोजेपछि प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। गोली कसैलाई नलागेको उनले बताए।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना नेपाली नागरिक हुन्। उनीहरूको साथबाट प्लास्टिकसहित तौल गर्दा ४१५ ग्राम ब्राउनसुगर बरामद भएको छ।

घटनास्थलमा अनुसन्धान टोली पुगिसकेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार ००:००  ६ : २९ बजे