२० असार २०८३, शनिबार | Sat Jul 4 2026

पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य समायोजन



काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य समायोजन गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरादिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

दोस्रो वर्गमा पर्ने दाङसुर्खेतमा पेट्रोल १७१ रुपैयाँ तथा डिजेल–मट्टीतेल १५१ रुपैयाँ कायम भएको छ।

पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढीवीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल-मट्टीतेल १४९ रुपैयाँ ५० पैसा तोकिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अमेरिका, इजरायलइरानबीच बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बृद्धि बाध्यता भएको हो।

निगमले जारी गरेको विज्ञप्तिमा मूल्य समायोजनबाट उपभोक्तामा पर्न सक्ने प्रभावप्रति आफूहरू संवेदनशील रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ००:००  ७ : ४८ बजे