बिर्तामोड-एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले दोस्रो वर्ष प्रवेश गरेको अवसरमा व्यवसायी सदस्य राहत कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको छ ।
वार्षिकोत्सवको अवसरमा मार्टका सञ्चालक चान मोहमदले बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित कोषमा उक्त रकम सहयोग गरेका हुन् ।
सञ्चालक मोहमदले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरे । एक करोड रुपैयाँ बनाउने लक्ष्य राखिएको कोषमा हालसम्म २५ लाख रुपैयाँ भन्दाबढी रकम संकलन भएको छ ।
सहयोग प्रदान गरेकोमा मार्टका सञ्चालक चान मोहमदलाई संघले कदरपत्र प्रदान गर्दै सम्मान गरेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले राहत कोषले आम व्यवसायीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मार्टका सञ्चालक मोहमदका अनुसार वार्षिकोत्सवको अवसर पारेर चैत १ गतेदेखि १३ गतेसम्म ग्राहकलाई लक्षित गर्दै विशेष अफर सञ्चालन गरिएको छ ।


















