बिर्तामोड-झापाको हल्दीबारीमा आँपको रुख ढल्दा एक किशोरीको मृत्यु भएको छ।
बिहीबार राति करिब ९ बजेतिर वर्षासहित आएको हावाहुरीका कारण घर नजिकै रहेको आँपको रुख ढल्दा ती किशोरीको मृत्यु भएको हो ।
हल्दीबारी-२ पाराखोपी निवासी प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हावाहुरीका कारण अचानक रुख ढलेर लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। घटनालगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















