२० असार २०८३, शनिबार | Sun Jul 5 2026

सुहाङलाई एमालेबाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै संसद प्रवेश गर्ने दोस्रो अवसर



झापा-उपनिर्वाचन भएको २२ महिनापछि एमालेका युवा नेता सुहाङ नेम्वाङलाई दोस्रोपटक संसद प्रवेशको अवसर मिलेको छ । उनी २२ हजार ४२६ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

एमाले युवा नेता नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई १४ हजार ६५० मतमा समेट्दै विजय हासिल गरेका हुन् । २०७९ मा भएको उपनिर्वाचनमा २७ हजार ७७२ मतसहित नेम्वाङ विजयी भएका थिए ।

२०७९ मा इलाम २ बाट निर्वाचित भएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो । त्यस लगत्तै भएको उपनिर्वाचनमा सुहाङ उम्मेदवार बनाइएका थिए ।

नेकपा एमालेबाट नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संसद प्रवेश गर्ने सूचीमा सुहाङ परेका छन् । कोशी प्रदेशबाट एमालेका तर्फबाट जित हासिल गर्ने उनी दोस्रो नेता हुन् ।

यसअघि ताप्लेजुङबाट क्षितिज थेबे विजयी भएका थिए । लालकिल्ला मानिएको झापामा राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचवटै क्षेत्रमा निर्वाचन जितेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार ००:००  १ : ४५ बजे