१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना



काठमाडौँ-नेपाली कांग्रेसले वर्षमा ३० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको छ । काङ्ग्रेसले प्रतिज्ञापत्र मार्फत मुलुकलाई पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको हो ।

काङ्ग्रेसले कुल ग्राहस्थ उत्पादनमा १५ देखि २० प्रतिशत पर्यटन क्षेत्रको हिस्सा पुर्‍याउने पनि लक्ष्य राखेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर कांग्रेसले यस्तो घोषणा गरेको हो ।

प्रवक्ता देवराज चालिसेले नेपाल वायुसेवा निगमको व्यवस्थापन सुदृढीकरण सहित पर्यटन क्षेत्रको विकास र प्रवर्लाद्धनका लागि कांग्रेसले विशेष योजना अघि सारेको बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार ००:००  ९ : ४६ बजे