२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

सन्थाल गोल्डकपको लोगो सार्वजनिक



बिर्तामोड- सन्थाल गोल्डकप – २०८२ को लोगो सार्वजनिक गरिएको छ। फागुन २८ गतेदेखि हुन गइरहेको गोल्डकपको सोमबार लोगो सार्वजनिक गरिएको हो।

सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड – ६ ले आयोजना गरेको गोल्डकपको लोगो सार्वजनिक गरिएको छ। गोल्डकप आयोजकले सोही अवसरमा कार्यालय समेत उद्घाटन गरेको छ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले मामा र जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोतेलले लोगो सार्वजनिक गरेका हुन् । उनीहरुले संयुक्त रुपमा कार्यालय समेत उद्घाटन गरेका छन् ।
सन्थाल गोल्ड कपमा झापाका ५, मोरङको एक र भारतको दुईवटा टिम सहभागी हुनेछन् । भद्रपुरस्थित मेची रंगशालामा हुने गोल्डकपको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले नगद ६० हजार र ट्रफी प्राप्त गर्ने गोल्डकपका संयोजक टीका हस्ताले जानकारी दिए। उनका अनुसार पहिलोपटक सन्थाल समुदायको बीचमा गोल्डकप आयोजना गरिएको हो ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलबार ००:००  ७ : ५४ बजे