काठमाडौँ-राष्ट्रिय सहकारी बैंकको निर्वाचन कार्यक्रम स्थगित भएको छ । बैंकले सार्वजनिक सूचना निकालेर पूर्व घोषित निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो ।
बैंकको २२ औँ साधारण सभाले पुस १२ गते सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको थियो ।
नियमनकारी निकायबाट संशोधित विनियम स्वीकृत भई नआएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको बैंकले सार्वजनिक सूचनामा जनाएको छ ।
पुस ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले संशोधित विनियम स्वीकृत भई नआएकाले १२ गतेका लागि घोषित निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।
विनियम स्वीकृत भएर आएपछि मात्रै निर्वाचनको नयाँ मिति घोषणा हुने बैंकले जनाएको छ ।














