विराटनगर-कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त हुनु भएको छ। आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिनु हुन्छ।



















