१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

बिर्तामोडमा बस दुर्घटना : दुई जनाको मृत्यु



बिर्तामोड– तीव्र गतिमा रहेको यात्रुवाहक बस झापाको बिर्तामोडस्थित बुट्टाबारी चिया बगानमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान सवा नाै बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०११-००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस अनियन्त्रित भई पल्टिँएकाे हाे ।

मृत्यु हुनेमा इटहरी ११ का दिनेश कुमार भट्टराई र मोरङ रङ्गेली २ का राजकुमार चौधरी रहेका छन् ।
दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार ००:००  ११ : १४ बजे