४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

वल्डलिङ्क ग्राहकका लागि कार उपहार र  विदेश भ्रमण



झापा- इन्टरनेट सेवा प्रदायक संस्था वल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकका लागि कार उपहार र  विदेश भ्रमण सहितको दशैं बिषेश अफर ल्याएको छ । खल्ती आइएमई वालेटबाट वल्डलिङ्कको रिचार्ज गर्दा विभिन्न देश घुम्ने र कार उपहार जित्ने अवसर पाइने भएको हो ।

दशैं बिशेष अफरमा वल्डलिङ्कले ल्याएको बम्पर उपहार योजना अन्तर्गत खल्ती मोबाईल एप मार्फत वल्डलिङ्कको रिचार्ज भुक्तानी गर्दा भाग्यशाली १२ जोडीलाई थाइल्याण्ड, सिङ्गापुर, भियतनाम, दुवई र मलेसिया  घुम्ने अवसर पाउने छन । त्यस्तै एक जना भाग्यशाली ग्राहकले डिपल कम्पनीको S05 मोडेलको EV कार उपहार जित्ने अवसर पाउने वल्डलिङ्कले जनाएको छ ।

अफरमा सहभागि हुन ग्राहकहरुले खल्तीमार्फत आफ्नो बिल भुक्तानी गर्नु पर्नेछ । एक महिनाको बिल तिर्ने ग्राहकले एउटा कुपन, तीन महिनाको बिल तिर्नेले  दुई  वटा कुपन र १२ महिनाको बिल तिर्नेले पाँचवटा कुपन एसएमएसमार्फत प्राप्त गर्नेछन । ग्राहकले प्राप्त गरेको कुपन मार्फत उनीहरु स्वत: लक्की ड्र मा समावेश हुनेछन   भने जति धेरै भुक्तानी त्यति धेरै उपहार जित्ने अवसर पनि पाइने सम्भावना हुनेछ । 

योजना अनुसार खल्तीबाट वल्डलिङ्कको इन्टरनेट प्याकेज खरिद गरे वा नविकरण गरेमा साम्सुङ कम्पनिका बिभिन्न उत्पदन्हरुमा   ४० प्रतिशतसम्म छुट पनि पाउन सकिनेछ । 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार ००:००  ११ : ३७ बजे