बिर्तामोड-झापाको बिर्तामोड-७ खालबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार राति हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
हात्तीले कुल्चिएर मारेको अवस्थामा पुरुषको शव फेला परेको स्थानीयले बताएका छन् । बिहान ६:३० बजे प्रहरीले जानकारी प्राप्त गरेको थियो ।
जानकारी पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेको छ । मृतक पुरुषको परिचय खुल्न बाँकी छ।
















