बिर्तामोड-नेपाल रेडक्रस सोसाइटी झापाले ७१ पिन्ट रगत काठमाडौँ पठाएको छ । जेनजी युवाको आन्दोलनका क्रममा काठमाडौँमा रगत अभाव भएपछि झापा रेडक्रसले मंगलबार बिहान रगत पठाएको हो ।
बुद्धयरको फ्लाइटमार्फत ७१ पिन्ट रगत पठाइएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । आवश्यक सबै चेकजाँच गरी पठाइएको रगत तत्काल लगाउन मिल्नेछ ।
यसअघि झापाले रेडक्रसले रक्तदानका लागि आह्वान गरेको थियो । काठमाडौँका विभिन्न अस्पतालमा घाइते युवाको उपचार भइरहेको छ ।



















