काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारको उपादेयता समाप्त भएको निष्कर्ष निकालेको छ । जेनजी युवा पुस्ताको आन्दोलनमा बर्बर दमन भएको जनाउँदै राप्रपाले यस्तो निष्कर्ष निकालेको हो ।
राप्रपाको केन्द्रीय पदाधिकारीको सोमबारको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । बैठकपछि राप्रपाले तत्काल सरकार विघटन र गरी नयाँ समझदारीका लागि आह्वान समेत गरेको छ ।
विज्ञप्तिमा राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाका रूपमा यसलाई लिएको जनाउँदै सरकारको सर्वसत्तावादी चरित्र उदाङ्गो भएको उल्लेख गरेको छ ।



















