१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

धरानमा ट्याम्पो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



धरान-सुनसरीको धरानमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१४ मा ट्याम्पो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार, धरान-१४ स्थित विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक, धरान-१४ निवासी ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याम्पोका चालक धरान-१४ कै ३१ वर्षीय अविनाश तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार ००:००  १ : १४ बजे