१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

५०० भन्दाबढी नेपालीलाई निःशुल्क कृत्रिम हातखुट्टा वितरण गरिने



झापा-मारवाडी युवा मञ्च बिर्तामोड र सिलिगुढीको संयुक्त आयोजनामा ५०० भन्दा बढी शारीरिक अपाङ्गता भएका नेपालीहरूलाई निःशुल्क कृत्रिम हातखुट्टा वितरण गरिने भएको छ । नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम भदौ २९ गते (सेप्टेम्बर १४) भारतको सिलिगुढीमा आयोजना हुनेछ ।

बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका पूर्व महासचिव प्रविण अग्रवालले कुनै पनि कारणले हातखुट्टा गुमाएका व्यक्तिहरूलाई यो सेवा प्रदान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार, सेवाग्राहीलाई भदौ २९ गते बिर्तामोडको अग्रसेन भवनबाट सिलिगुढीसम्म निःशुल्क यातायात, खाना र बस्ने व्यवस्थासहित लगिने र सेवा प्रदानपछि फिर्ता ल्याइनेछ ।

दुई वर्षअघि १०० जनाले यो सेवा लिएकोमा यस वर्ष कम्तीमा ५०० जनालाई सेवा पुर्‍याउने लक्ष्य रहेको अग्रवालले बताउनुभयो। कृत्रिम हातखुट्टा आवश्यक पर्ने व्यक्तिहरूले मञ्चका पूर्व महासचिव प्रविण अग्रवाल (९८०१४००००५) वा यज्ञराज अग्रवाल (९८०४९४९४४९) मा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार ००:००  १२ : ११ बजे