२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

मदिरा नियन्त्रणका लागि प्रहरीले गोली चलायो : एक जनाको मृत्यु



राजविराज-सप्तरीको राजगड गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । मदिरा तस्करी नियन्त्रण गर्न गएको प्रहरी टोलीसँगको झडपमा राजगड–२, कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, भारतीय सीमा नजिक ठूलो परिमाणमा मदिरा लुकाइएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा स्थानीयवासीले प्रहरीलाई घेरा हाली ढुङ्गामुढा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताउनुभयो । यादवको तिघ्रामा गोली लागेको थियो ।

उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ ।

प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यो घटनाले सप्तरीको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान चुनौतीपूर्ण बनेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार ००:००  ८ : ०७ बजे