बिर्तामोड-बिर्तामोडमा नवनिर्मित ‘सहिद चन्द्र मार्ग’ को निर्माण सम्पन्न भएपछि नगर उप–प्रमुख नगेन्द्र संग्रौलाको नेतृत्वमा स्थलगत अनुगमन गरिएको छ ।
बिर्तामोड-३ आदर्शचोकलाई हल्दीबारीसँग जोड्ने यो सडकमा वर्षायाममा पानी जम्ने समस्या नहोस् भनेर अनुगमन टोलीले विशेष निर्देशन दिएको छ।
टोलीले सडकको दुवै किनारमा गिट्टी भर्न र पानीको सहज निकासका लागि बन्द भएको नाला खुलाउन निर्देशन दिएको हो । अनुगमनमा वडा प्रतिनिधि, प्राविधिक र स्थानीय उपभोक्ताहरूको पनि सहभागिता थियो।



















