२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

एमालेमा सदस्यता नवीकरणका लागि परीक्षा अनिवार्य !



झापा-नेकपा एमालेले आफ्नो संगठित सदस्यता नवीकरण गर्नका लागि नयाँ नियम ल्याएको छ । अबदेखि सदस्यता नवीकरण गर्न चाहने हरेक सदस्यले अनिवार्य रूपमा एउटा परीक्षा दिनु पर्नेछ ।

पार्टीको केन्द्रीय संगठन विभागले यो निर्णय गरेको हो । विभागका अनुसार, यो परीक्षा लिनुको मुख्य उद्देश्य सदस्यहरूलाई पार्टीको सिद्धान्त, नीति र विचारबारे कति जानकारी छ भनेर जाँच्नु हो ।

विभागका सचिव माधव ढुंगेलले परीक्षा त्यति गाह्रो नहुने बताउनु भयो । उहाँका अनुसार, परीक्षाअघि सदस्यहरूलाई प्रशिक्षण दिइनेछ र त्यसपछि सही उत्तरमा टिक लगाउने खालका प्रश्न सोधिनेछ ।

यो परीक्षा सुरुमा भौतिक रूपमा लिइनेछ । पछि गएर घरबाटै अनलाइनमार्फत पनि दिन मिल्ने व्यवस्था मिलाइने पार्टीले जनाएको छ ।

एमालेमा रहेका करिब ५ लाख ५० हजार संगठित सदस्यहरूले अब यो नयाँ प्रक्रियाअनुसार आफ्नो सदस्यता नवीकरण गर्नु पर्नेछ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार ००:००  ४ : १८ बजे