कास्की-जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले फरार अभियुक्तहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाएको हो ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले एक महिनाको अवधिमा ५१ जना फरार प्रतिवादी पक्राउ गरिएको बताए । पक्राउ परेकामध्ये १० जना महिला छन् ।
सबैभन्दा धेरै चेक अनादर मुद्दामा ३३ जना पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा छ जनालाई पक्राउ गरिएको छ । बालबालिका विरुद्धको कसुरमा एकजना पक्राउ परेका छन् ।
डीएसपी शर्माले पक्राउ परेकालाई आठ वर्ष नौ महिना ४ दिन कैद सजाए र ६१ लाख २३ हजार ६०० रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको बताए ।


















