चितवन-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित अवस्थामा रहेका माओवादी पार्टीहरु एकताको प्रक्रियामा आउन सक्ने प्रबल सम्भावना रहेको बताएका छन् ।
पार्टी कार्यकर्ता भेट्न चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटार पुगेका माओवादी अध्यक्ष प्रचण्डले विभाजनको श्रृङ्खला रोकिएको र अब एकताको प्रक्रिया सुरु भएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीहरू एक ठाउँमा उभिनुको विकल्प नभएको दोहोर्याउँदै संगठित भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने खाँचो रहेको औँल्याए ।
अध्यक्ष प्रचण्डले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा गए मात्रै देशले राजनीतिक स्थायित्व प्राप्त गर्ने दोहोर्याएका छन् ।

















