बिर्तामोड-नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कारोबार गर्ने ४१ जना सदस्यलाई सम्मान गरेको छ । सोमबार आयोजित आठौं वार्षिक साधारण सभाको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका उत्कृष्ट चारजना कर्मचारीलाई पनि सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष पशुपति बरालका अनुसार गत वर्षभन्दा ३४७ जना सेयर सदस्य थपिएका छन् । बचततर्फ ६ करोड ९६ लाख रुपैयाँ बढेको छ । कर्जा लगानी २ करोड ५८ लाखले बढेको अध्यक्ष बरालले बताए ।
व्यवस्थापक सुमित्रा रेग्मीका अनुसार संस्थाको कुल सम्पत्ति ४२ करोड ६४ लाख बराबर छ ।


















