९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौका परीक्षामा १ लाख १९ हजार विद्यार्थी उत्तीर्ण



झापा-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाकाे नतिजा सार्वजनिक गरेको छ । ग्रेड वृद्धिका लागि मौका परीक्षामा सहभागी भएका विद्यार्थीको नतिजा सोमबार साँझ सार्वजनिक भएको हो ।

मौका परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार १ लाख १९ हजार ४२५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागीमध्ये ९० हजार ८८० जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । गणित विषयमा अनुतीर्ण हुने विद्यार्थीको सङ्ख्या धेरै रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ००:००  ९ : २१ बजे