काँकडभिट्टा-तरकारीमाथि भारतीय परनिर्भरता बढ्दै जाँदा ठूलो परिमाणको तरकारी पूर्वीनाका काँकडभिट्टा हुँदै आयात भएको तथ्याङ्कले देखाएको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर आर्थिक वर्ष २०८०-८१ मा ४ अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको तरकारी नेपाल भित्रिएको छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार १ अर्ब २ करोड २२ लाख ६० हजार मूल्य बराबरको गोलभेडा नेपाल आयात भएको छ । ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको हो ।
















