बिर्तामोड-झापाको मेचीनगर १५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मेचीनगर-१५ का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार माेटरसाइकलमा तीनजना सवार थिए । तीमध्ये एक जनाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मेचीनगर-१० का अभिषेक राई र मेचीनगर-१५ का विवेक दनुवार गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल भर्ना गरिएको छ ।
















