८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

स्थापना दिवसको अवसरमा बालबालिकाको आँखा जाँच



बिर्तामोड- नेकपा एमालेनिकट नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले बुधवार १५ औँ स्थापना दिवसको अवसरमा बालबालिकाको आँखा जाँच गरेको छ ।

युनियनले बिर्तामोड ४ स्थित लालीगुराँस टोलमा रहेको तारा नमस्ते बाल ग्रामका बालबालिकाको आँखा जाँच गरेको हो । बालग्राममा अभिभावकविहीन बालबालिका आश्रित छन् ।

आश्रित बालबालिकालाई खाद्य सामग्री पनि प्रदान गरिएको युनियन केन्द्रीय सचिव तथा महिला बिभाग प्रमुख कबिता कार्कीले बताइन् । उनका अनुसार २८ जना बालबालिकाको आँखा जाँच गरिएको छ ।

कर्मचारी युनियनका अध्यक्ष होमप्रसाद धितालको अध्यक्षता भएको कार्यक्रममा तारा नमस्ते बाल ग्रामकी सञ्चालक यशोधा पोखरेलले सहयोगप्रति आभार प्रकट गरेकी छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार ००:००  ४ : १५ बजे