८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

टायल्स तथा मार्बल व्यवसायी संघको अध्यक्षमा खतिवडा



बिर्तामोड- टायल्स तथा मार्बल ब्यवसायी संघ झापाले पूर्णता पाएको छ । कला डिजाइन एण्ड इन्टेरियर सप्लायर्सका सञ्चालक कुलश खतिवडाको अध्यक्षतामा गठित संघले पूर्णता पाएको हो ।

खतिवडा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव समेत रहेका छन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा विजयकुमार गोयल, उपाध्यक्षमा जयप्रकाश सिटौला र सोम खनाल रहेका छन् ।

सचिवमा बलदेव योगी, सह सचिवमा बिक्रम खरेल र कोषाध्यक्षमा मदन अग्रवाल रहेका छन् । संघको सदस्यमा सुसन प्रसाई, तुलसी उप्रेती, भानुभक्त अधिकारी, राम सिटौला, चन्द्रप्रसाद भट्टराई रहेका छन् ।

यसैगरी नेत्रप्रसाद विमलीको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यहरुमा श्याम लम्साल र अजय नाटा रहेका छन् । झापामा एकसय बढी मार्वल ब्यवसायी छन् ।

यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले अध्यक्षमा संघका महासचिव खतिवडा चयन भएको भन्दै बधाई ज्ञापन गरेको छ ।

बिर्तामोडस्थित संघको कार्यालयमा संघका महासचिव खतिवडासहित टायल्स तथा मार्बल ब्यवसायी संघ झापाका सबै पदाधिकारी र सदस्यमा संघका अध्यक्ष राजु न्यौपाने सहितका व्यवसायीले बधाई ज्ञापन गरेका हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ००:००  ४ : ४३ बजे