५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण



झापा- झापाको बिर्तामोडमा पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । पूर्वाञ्चल राष्ट्रिय दैनिकको आयोजनामा कार्यक्रम भएको हो ।

सहभागीलाई नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका छन् ।

छिमेकी राष्ट्र भारत, चीन लगायत विकसित मुलुकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको सुरुवात गरे पनि नेपालमा यसको प्रयोग कमै मात्रामा हुने गरेको आचार्यले बताए । तालिममा इलाम र झापाका ४५ जना पत्रकारको सहभागिता रहेको थियो ।

तालिममा सहभागीका तर्फबाट पत्रकार गणेशमान मुखिया, रञ्जीत प्रसाई, स्वस्तिका आचार्य, गणेश अर्याल, गृष्मा सापकोटा लगायतले आफ्नो अनुभव सुनाएका थिए । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधान सम्पादक एकराज गिरीले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीले गरेका थिए । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ००:००  ६ : ३९ बजे