८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

प्रमुख प्रशासकीय अधिकृत खतिवडालाई बिर्तामोडमा स्वागत



बिर्तामाेड-झापाको बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा राधाकृष्ण खतिवडाले बिहीबार कार्यभार सम्हालेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत खतिवडालाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र संग्रौला लगायत नगरपालिकाका अधिकृतहरूले स्वागत गरेका छन् ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने अन्यत्र सरुवा भएपछि बिर्तामोड नगरपालिकामा कर्मचारी संयन्त्रको कमाण्ड कसले सम्हाल्ला भन्ने चर्चा थियो ।

प्रमुख प्रशासकीय अधिकृत खतिवडाको आगमनसँगै बिर्तामोड नगरपालिकाले एकजना अनुभवी र कुशल प्रशासकलाई प्राप्त गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार ००:००  १० : २३ बजे