८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

भारतबाट ५१ कराेडकाे काेदाे आयात



काँकडभिट्टा-कुनैबेला अपहेलित खाद्य बालीका रुपमा रहेको काेदाे पछिल्ला वर्षहरूमा उच्च घर घराना र तारे होटलहरुमा विशिष्ट अन्नबालीका रूपमा सूचीकृत भएको छ ।

कोदोका विभिन्न परिकारमा रमाउनेको संख्या बढ्दै गएपछि वर्षेनी यसको आयात पनि बढ्दै छ ‌। विडम्वना, पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने कोदो पछिल्ला वर्षहरुमा भने नगन्य मात्र उत्पादन हुन्छ ‌।

झापाको काँकडभिट्टास्थित क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार गत आर्थिक वर्षमा भारतबाट ५१ करोड ३१ लाख मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो आयात भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ९ : १४ बजे