बिर्तामोड– झापाको बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा शिक्षकको शिक्षण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने तालिम सुरु भएको छ ।
लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा सुरु तालिममा अर्जुनधारा एकाडेमी, ह्यापिनेस स्कुल, निदि अंग्रेजी स्कुल, इडन गार्डेन र लोटस प्रि स्कुलका शिक्षक सहभागी छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको उद्घाटनमा एनप्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्य प्रमुख अतिथि थिए । इनसाइट फाथव्यका प्रशिक्षक पुष्पाञ्जली ठकुरी, फडिन्द्र दाहाल र कमला भट्टराईले तालिम सहजीकरण गरिरहेका छन् ।
तालिममा शिक्षण सीप, कक्षा व्यवस्थापन, बालमनोविज्ञान, व्यावहारिक सिकाइ र बालमैत्री शिक्षण विधिबारे प्रशिक्षण दिइँदैछ । विद्यालयका सञ्चालक सरोज पौडेलले शिक्षकको क्षमता विकासमार्फत बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
उद्घाटन समारोहमा प्याब्सन बिर्तामोडका सल्लाहकार उत्तम खनालले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक स्वस्तिका भण्डारीले गरेकी थिइन् ।


















