२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

बिर्तामोडमा रास्वपाको देउसी-भैलो : भाइटीकामा पनि खेल्न समर्थकको आग्रह



बिर्तामोड– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर समितिले आयोजना गरेको दुईदिने देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ । कात्तिक २३ र २४ गते नगरका विभिन्न स्थानमा आयोजित कार्यक्रममा पार्टीका पदाधिकारी, वडा सभापति, सदस्य तथा समर्थकको सहभागिता थियो ।

नगर सचिव सृजन अधिकारीको नेतृत्वमा सञ्चालित कार्यक्रम तिहारको सांस्कृतिक परम्परा संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धनमा केन्द्रित रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी समर्थक तथा शुभचिन्तकले भाइटीकाका दिन पनि देउसी-भैलोलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनीहरूको आग्रहलाई ध्यानमा राख्दै भाइटीकामा समेत कार्यक्रम सञ्चालन गर्ने सम्भावना रहेको नगर समितिका सचिव अधिकारीले बताए ।

राजनीतिक गतिविधिभन्दा बाहिर सांस्कृतिक अभियानमार्फत कार्यकर्ता र समर्थकबिच आपसी सम्बन्ध तथा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, मंगलबार ००:००  ८ : ०० बजे