२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

अर्जुनधारामा सञ्चारकर्मी विष्णु श्रेष्ठ सम्मानित



अर्जुनधारा-ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा-८ झापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीसहित चार जनालाई सम्मान गरेको छ ।

समाजले पत्रकारितातर्फ एपीवान टेलिभिजनका झापा संवाददाता तथा अर्जुनधारा प्रेस क्लबका सदस्य विष्णुकुल श्रेष्ठलाई सम्मान गरेको हो । त्यसैगरी साहित्यतर्फ भक्त खपाङ्गी, अभिनयतर्फ सृष्टि आचार्य र खेलकुदतर्फ फुटबल खेलाडी कमल प्रधानलाई नगदसहित सम्मान गरिएको छ ।

समाजका अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षता तथा अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यिक र सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, मंगलबार ००:००  ८ : ५८ बजे