१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

नियमित महाधिवेशन पक्षधर काङ्ग्रेसको आज झापा नेतृत्व चयन  हुँदै



बिर्तामोड-नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनअन्तर्गत आइतबार झापा जिल्लाको नेतृत्व चयन हुने भएको छ । जिल्ला अधिवेशन प्रचार समितिले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

अधिवेशन तयारी समितिका संयोजक कृष्ण हुमागाईंका अनुसार कात्तिक १५ गते बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अधिवेशन आयोजना हुनेछ । पूर्वमन्त्री एवं कांग्रेस नेता एनपी साउदको प्रमुख आतिथ्यमा हुने अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।

नियमित महाधिवेशनअन्तर्गत साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय सम्मेलन भएको थियो । भदौ २५ गते जिल्ला सचिव हुमागाईंको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन भएपछि झापामा अधिवेशनको प्रक्रिया अघि बढेको थियो ।

प्रचार समितिका संयोजक राजेन्द्र उप्रेतीका अनुसार झापाका १३१ वटै वडा, १५ वटा पालिका, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । ती अधिवेशनबाट ४ हजार ५८५ क्षेत्रीय प्रतिनिधि, १७५ महाधिवेशन प्रतिनिधि र २०० प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, कोशी प्रदेश संयोजक गोमा भट्टराई र नेता भगीरथ पोद्दारले धारणा राखेका थिए । बिर्तामोड नगर सभापति मनोज घिमिरेले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै नेता तथा कार्यकर्तालाई सहभागिताका लागि आमन्त्रण गरिएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, आइतबार ००:००  ७ : ४८ बजे