२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

१० करोडको अनुमान, साढे ४ करोडमै कांग्रेस कार्यालय पुनर्निर्माण



काठमाडौं– जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय पुनर्निर्माण अनुमानित लागतको आधाभन्दा कम रकममा सम्पन्न हुने चरणमा पुगेको छ ।

गत वर्ष भदौ २४ गतेको आगजनीपछि पुनर्निर्माणमा ९ देखि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा हालसम्म चार करोड ५९ लाख ३९ हजार ४१ रुपैयाँ खर्च भएको कोषाध्यक्ष उमेश श्रेष्ठले १५औँ महाधिवेशनमा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनअनुसार पार्टी सदस्यबाट एक करोड ८८ लाख, श्रेष्ठको व्यक्तिगत सहयोग एक करोड दुई लाख र अन्य स्रोतबाट एक करोड २८ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । श्रेष्ठले थप ६५ लाख रुपैयाँ सापटीसमेत दिएका छन् ।

भवन पुनर्निर्माण समितिका संयोजकसमेत रहेका श्रेष्ठका अनुसार भवन पुनर्निर्माण, लिफ्ट जडान र सभाकक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ००:००  ७ : ३७ बजे